२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

थप तीन जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

थप तीन जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७३ पुग्यो


काठमाडौं । नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्सा, मोरङ र काठमाडौंमा १÷१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले बताए । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

मृत्यु हुनेमा नारायणी कोभिड अस्पतालमा भर्ना भएका वीरगञ्ज ३ छप्कैयाका ७४ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनी मधुमेह र दमका बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै अर्का मोरङको विराटनगर महानगरपालिका वडा नं ९ का ५८ वर्षीय एक पुरुषको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचापका बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरी पाटन अस्पतालमा उपचाररत काठमाडौं टोखाका ४१ वर्षीय महिलाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij