२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

थप ३ सय ७८जनामा कोरोना संक्रमण पुष्टि

थप ३ सय ७८जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । आज थप ३ सय ७८जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ७ सय ८८ नमुना परिक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ९९ जना उपचारपछि निको भएर घर गएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको छ। नेपालमा हाल सम्म कुल संक्रमितमध्ये ७० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij