२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पर्सामा मेयरसहित ५५ जनामा कोरोना संक्रमण

पर्सामा मेयरसहित ५५ जनामा कोरोना संक्रमण


पर्सा । पर्सामा मेयरसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा पर्सा बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साह सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा आठ जना महिला रहेका छन् । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका पनि छन् । त्यसै गरी सबै भन्दा बढी बहुदरमाई नगरपालिकामा संक्रमित फेला परेका छन् । यहाँका २५ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा एक नेपाली सेनाका जवान, नारायणी अस्पतालको ल्याबका एक कर्मचारी, दुगर ग्रुपका तीन जना कर्मचारी र नारायणी अस्पताल क्वाटरका एक महिला र पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij