२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार पर्साका तीन जना, सर्लाही र सिरहाका एक-एक जना को कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २२ गते बिहान ८:४१ बजे निधन भएको छ ।

पर्साको विरगन्ज ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा निधन भएको छ ।

पर्साका विरगन्जमा ७९ साउन २० गते राति निधन भएको र उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।

पर्साकै ५७ वर्षीय पुरुषको साउन २२ गते बिहान ९ बजे गण्डक अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ । उनी मधुमेह, उच्च रक्तचार र मुटुको रोगी थिए ।

सिरहाका गोलबजार २५ वर्षीय पुरुषको साउन २२ गते राति १० :४५ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij