२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा देखियो कोरोना संक्रमण

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा देखियो कोरोना संक्रमण


काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको सुरक्षमा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा प्रचण्ड निवास खुमलटारको गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो ।

बुधबार प्रचण्ड निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार प्रचण्ड परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण देखिएको छैन । त्यसै गरी सुरक्षाको पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा पनि संक्रमण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij