
काठमाडौं । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नरहेको मन्त्री यादवले बताए । साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन आग्रह गरेका छन्। अहिले उनी मन्त्रालयको निवासमा आइसोलेशनमा रहेका छन् ।
मन्त्री यादवसँगै एक जना महिला प्रदेशसभा सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जसपाका प्रदेश सभाकी सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।
प्रदेश २ मा हाल सम्म ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी कोरोना संक्रमणका कारण २१ जनाले ज्यान गुमाइसकेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij