
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ५७ र ललितपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १४ र ललितपुरका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ र ललितपुरका २ जना र बीआइडीएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij