२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सप्तरीमा कोरोनाको लक्षण देखिएका ३ जनाको मृत्यु

सप्तरीमा कोरोनाको लक्षण देखिएका ३ जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमितमा देखिने लक्षण देखिएका सप्तरीका तीनजनाको आज मृत्यु भएको छ। वैदेशिक रोजगारको क्रममा मलेसियाबाट नेपाल आएर होम क्वारेन्टिनमा बसेका १ जना व्यक्ति र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका २ जना व्यक्तिको मृत्यु भएको हो ।

मलेसियाबाट ४५ दिन पहिले आएका सप्तरीको रुपनी गाउँपालिका वडा नं. ५ गढियाका ४५ वर्षीय पुरुषलाई मंगलबार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो । तर त्यहाँ उनको उपचार संभव नभएपछि धरान पठाइएकोमा मंगलबार राति नै बाटोमै मृत्यु भएको हो ।

त्यसै गरी सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका २ जनामा पनि कोरोनासँग मिल्ने लक्षण देखिएको थियो । दुबैलाई श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतक तीनै जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij