काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज( १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए।
उनलाई ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि गए राति ९ बजे अस्पताल भर्ना गरिएको थियो। आज बिहान ६ बजे उनको मृत्यु भएको उपाध्यायले जानकारी दिए।
उनको साउन १८ गते नमुना संकलन गरिएको भने १९ गते कोरोना पोजेटिभ देखिएको थियो। उनी मधुमेहका बिरामी समेत रहेका थिए।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या ६० पुगेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij