
एजेन्सी- पाकिस्तानले विवादित जम्मू–कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुकको नयाँ नक्सा जारी गरेका हुन्। नक्सामा भारतसँग विवादमा रहेका जम्मु, काश्मिर र गुजरातको जुनागढ क्षेत्र समेत समेटिएको छ ।
मन्त्रीपरिषद्को यो निर्णयलाई विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले पनि स्वागत गरेको छ ।
भारतले जम्मु र कस्मिरको अर्ध स्वतन्त्र हैसियत समाप्त गरेको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले सो क्षेत्रलाई आफ्नो नक्सामा समेटेको हो। गत वर्षको अगस्ट ५ का दिन भारत सरकारले जम्मु र कस्मिरको हैसियत बदल्दै त्यसलाई केन्द्र शासित क्षेत्र घोषित गरेका थिए।
त्यो नक्सा आफूहरुलाई अमान्य भएकाले पनि नयाँ नक्सा जारी गरिएको पाकिस्तानी प्रधानमन्त्री खानको भनाइ छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij