
काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकार पुनस् लकडाउन गर्ने संभावना बढेर गएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार आयोजित कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विज्ञसहितको सर्वपक्षीय भेलाबाट संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकार पुनस् लकडाउन गर्नु पर्ने सुझाव आएको छ ।
विज्ञहरुले कम्तीमा पनि दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएका हुन् । विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको जनाइएको छ ।
चैत ११ गतेदेखि लागु गरेको देशब्यापी लकडाउन साउन ६ गत मध्यरातपछि अन्त्य भएको घोषणा गरिएको थियो। लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोरोना संक्रमित ह्वात्तै बढेपछि अहिले ठाउँ ठाउँमा निषेधाज्ञा र लकडाउन गरिएको छ।
लकडाउनका बिषयमा मन्त्रिपरिषद्को आगामी बैठकले निर्णय लिने बताइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij