
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालका १४ जना सुरक्षाकर्मी र एक जना चालकमा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार जोखिममा पर्ने र स्टिङका लागि घुमिरहने करिब दुई सय प्रहरी लगायतका कर्मचारीको स्वाब सङ्कलन गरेको थियो । ती मध्यय १५ जना कर्मचारी कोरोना भाइरस संक्रमण पुष्टि भएको आयोगका प्रवक्ता तारानाथ अधिकारी जानकारी दिए ।
यसअघि गएको शुक्रबार एक जनामा सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म अख्तियारका १६ जनामा सङ्क्रमण पुष्टि भएक छ । आयोगमा आजै नै सङ्क्रमित कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गर्ने तयारी गरिएको अधिकारीले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij