२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सरकारलाई नागरिकले नै टेरेनन्ः प्रधानमन्त्री ओली

सरकारलाई नागरिकले नै टेरेनन्ः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नागरिकहरुले सरकारलाई नै नटेरेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार आयोजित कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विज्ञसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले यस्तो गुनासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारको एकल प्रयासले मात्रै कोरोनालाई परास्त गर्न नसकिने भएकाले यसमा नागरिकहरु पनि संवेदनशील हुनु पर्नेमा जोड दिए ।

प्रधानमन्त्री अ‍ोलीले कोरोना सङ्कटको बेलामा गैरजिम्मेवार ढङ्गले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने यस्तो अवस्थामा भिडभाड गर्न नहुनेमा हामी आफैबाट भिडभाड भइरहेको छ । यसलाई हामीले गम्भीर रुपमा लिएर छलफल गर्दैछौँ ।’

सरकारले सङ्क्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय कमिटी बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जनाएका हुन् ।

प्रधानमन्त्रीले सङ्कटको बेलामा सञ्चारमाध्यमहरुले खेलेको भूमिका प्रति पनि असन्तुष्टि जनाएका छन् । ओलीले संचारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको बताए। उनले भने , ‘देश यस्तो सङ्कट भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाए पनि विरोध गर्ने । कहिले क्वरेण्टीनमा राख्यो भन्ने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन गर्‍यो भने किन गर्‍यो भन्ने, मान्छे उचाल्ने, मान्छे भड्काउने ।’
‘
सरकारले काम गरिरहेकै छ सरकार अब कसरी हो त देखिने रु संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ ।’

प्रधानमन्त्रीले लकडाउन गर्ने नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गरिने पनि बताए ओलीले हरेक नागरिकले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउनु पर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij