
चितवन । कोरोना जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा कुनै पनि किसिमको भेला र बैठक नगर्न निर्देशन दिएको छ ।
लकडाउन हटेको भन्दै केही विभिन्न संघसंस्थाहरुले बैठक संचालन गर्न थालेपछि कडाई गरिएको हो । प्रशासनले सूचना निकालेर कोभिड(१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो । प्रशासनले निर्देशनको अवज्ञा गरी भेला र बैठक गरेको पाइएमा, सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने कुरा सूचनामा उल्लेख गरेको छ ।
प्रशासनले चितवनका सातवटै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, गैरसरकारी संस्था महासंघ चितवन र जिल्ला सहकारी संघलाई आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij