
जनकपुर । प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका ६ जना सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा मुख्यमन्त्री कार्यालयका एकजना अधिकृत, एकजना ट्राफिक प्रहरी, २ सवारी चालक र २ जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रशासन कार्यालयले संक्रमितहरुको सम्पर्कमा आएकाहरु कन्ट्राय्क्ट ट्रेसिङको आधार पत्ता लगाउने तयारी भइरहेको जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij