
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितहरु मध्य काठमाडौंका ४३ जना , ललितपुरका ३ जना र भक्तपुरका ५ जना रहेका छन् । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४९३ ललितपुरमा १०८ र भक्तपुरमा ६४ पुगेको छ । हाल सम्म काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६६७ पुगेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij