२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ओली–प्रचण्ड वार्ता आज पनि निष्कर्ष बिहीन, दुबै आ-आफ्नै अडानमा

ओली–प्रचण्ड वार्ता आज पनि निष्कर्ष बिहीन, दुबै आ-आफ्नै अडानमा

 

काठमाडौं । सोमबार बिहान बालुवाटारमा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको वार्ता पनि निष्कर्षविहीन बनेको छ ।

आज बसेको बैठक रक्षाबन्धन तथा जनै पूर्णिमाको शुभकामना आदानप्रदानमा मात्र सिमीत रह्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान करिब ९ बजेबाट सुरु भएको वार्तामा ओली, दाहालका साथै वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी थिए ।

प्रधानमन्त्री ओलीले सबै विवाद केन्द्रीय सचिवालयलबाट मिलाएर मात्रै स्थायी कमिटिमा जान प्रस्ताव गरेको भएता पनि अध्यक्ष प्रचण्ड र नेता झलनाथ खनाल भने सचिवालयमा जानु अघि विवाद टुंग्याउनु पर्ने अडानमा रहेका छन् ।

बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि पुनः भोलि छलफल गर्नेगरी नेताहरु उठेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij