
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोमा परेर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ ।
मृत्यु हुनेमा वीरगञ्जका ३५ वर्षे प्रदीप चौरसिया, २१ वर्षका राजेश चौधरी, २५ वर्षका विक्रम थिंग, २३ वर्षका मानबहादुर रुम्बा, २० वर्षका सिमन घ्लान, २१ वर्षका शिव बालक धामी र १७ वर्षका सोनम लामा रहेका छन् ।
पहिरोले पुरिएर घाइेत भएका बारु शाहलाई एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएकाहरू वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परेको थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij