
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराती खसेको पहिरोमा परि बेपत्ता भएका आठ जना मध्य दुईको शव निकालिएको छ । मेलम्ची–११ गैराबजारमा पहिरोमा पुरिएर बेपत्ता भएका मध्य वीरगञ्जका ३५ वर्षीय प्रदिप चौरसिया, र राजेश चौधरीको शव निकालिएको हो ।
पहिरोमा परी वीरगञ्जका वर्ष ४२ का राजेन्द्र चौरासिया ,२५ वर्षीय विक्रम थिंग, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा रहेका छन् ।
पहिरो परेका एकजनाको भने जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्ति ३५ वर्षका भारतीय नागरिक बारु साह प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ । प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij