
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार काठमाडौंको २२, ललितपुरको ८ र भक्तपुरको १ जना संक्रमित थपिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ११ र ललितपुरका ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना र वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना र स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जना, नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा मा संक्रमण पुष्टि भएको छ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij