२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोना परीक्षणको मापदण्ड परिवर्तन, के के थपिए नयाँ मापदण्डमा ?

कोरोना परीक्षणको मापदण्ड परिवर्तन, के के थपिए नयाँ मापदण्डमा ?

काठमाडौं । नेपाल सरकारले कोरोना परीक्षणको मापदण्डलाई फराकिलो बनाएको छ । देशमा कोरोना भाइरसको जोखिम थप बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको दायरालाई पनि फराकिलो पारेको हो ।

मन्त्रालयका अनुसार अब झाडापखाला लागेका तथा स्वाद र गन्ध थाहा पाउन कठिनाइ भएका व्यक्तिको पनि कोरोना परीक्षण गर्ने तयारी थालेको हो । सरकारले नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड १९ लाई परिवर्तन गर्दै परीक्षणको दायरा बढाएको हो ।
दीर्घरोगीहरू, चिकित्सकीय मूल्यांकनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामी पनि पीसीआर परीक्षणको दायरा भित्र परेका छन् ।

यस्तो छ परीक्षणको नयाँ मापदण्ड :

-ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखालासहितको लक्षण देखिएका सबै बिरामी

-अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, चालक, फोहरमैलाका कर्मचारीलाई प्राथमिकता दिएर परीक्षण गरिने छ ।

-सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसहरू

-गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई) का बिरामीहरू

-विदेशबाट आएका सबै मानिस (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको पाँच–सात दिनभित्र)

– १४ दिन अगाडि कोरोना फैलिएको क्षेत्रबाट फर्किएका सबै

-आइसियुमा रहेका सबै बिरामीहरू

-दीर्घरोगीहरू, प्रतिरोध क्षमता कमजोर भइसकेकाहरू (विशेषतः ६० वर्ष उमेर पार गरेकाहरू)

– चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरू (आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण रिपोर्ट कुर्नु नपर्ने)

– चिकित्सकीय मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोभिड–१९ बिरामीको डिस्चार्जका लागि, तर लक्षणहीन तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न (कम्तीमा तीन दिन लक्षणहीन रहेको अवस्थामा) परीक्षण रिपोर्ट नचाहिने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij