
बारा । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि बारा जिल्लामा आइतबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
बारा जिल्लामा दिन प्रतिदिन कोरोनाको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको जनाएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले स्थान निर्धारण गरेर भोलिदेखि अर्को सूचना जारी नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij