२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विराटनगरमा दुई हप्ताका लागि लकडाउन घोषणा

विराटनगरमा दुई हप्ताका लागि लकडाउन घोषणा


काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरिएको छ।

कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरि दुई सताको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

शुक्रबार कोशी अस्पतालका थप तीनजना चिकित्सकसहित १०जनामा कोरोना संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको छ ।

संक्रमित बढेपछि गरिएको लकडाउन पहिलाको जस्तो फितलो हुन नदिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij