२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पाटन अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु


काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ

पाटन अस्पतालको आइसियूमा उपचारत ६५ वर्षीया महिलाको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

स्टार अस्पताल सानेपामा उपचार क्रममा गत साउन ६ गते कोरोना पोजिटिभ देखिएपछि उनलाई पाटन रिफर गरिएको थियो। ती संक्रमित महिलामा निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।

आजै सेनाले मृतकको शव व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij