२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५५ पुग्यो

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५५ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ।

भारत घर भइ हाल वीरगञ्ज–११ श्रीपुर बस्ने जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यारत ५६ वर्षीय पुरुषको गएराति मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

मुटुको रोगी समेत रहेका उनको आईसीयु र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । साउन ६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई साउन ७ गते दिउँसो वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij