
काठमाडौं । पर्सामा ४६ जना नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी सहित कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका छन्।
अस्पतालका २८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी छन् । डाक्टरहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेिडकल अधिकृत छन् । अस्पतालका कर्मचारीको परिवारका सदस्यामा समेत कोरोना पोजिटिभ देखिएको छ ।
त्यसै गरी संक्रमित मध्ये १३ जना आफै शुल्क तिरी परिक्षण गराउने परेका छन्। उनीहरु स्थानीय विभिन्न औषधी उद्योगका श्रमिक पनि रहेको नारायणी अस्पतालले जनाएको छ। संक्रमितको संख्या बढेसँगै उनीहरुलाई राख्ने अस्पतालको अभाव भएको छ । कोरोनाका संक्रमितको संख्या दैनिक रुपमा बढिरहेकाले पर्सामा कोभिड अस्पतालमा बिरामी अटन छाडेका छन् । हाल पर्सामा १ सय भन्दा बढि कोरोना संक्रमित होम आइसोलेशनमा नै रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij