२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राखेप बोर्ड सदस्यमा ६ सदस्य मनोनीत

राखेप बोर्ड सदस्यमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा ६ जना सदस्य मनोनयन गरिएको छ । ३७ सदस्यीय बोर्डका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ६ जनालाई मनोनित गरेका हुन्।

मन्त्री विश्वकर्माले खेल बिज्ञ र प्राविधिकको रुपमा रिम रानाभाट र ईन्दिरा निरौलालाई मनोनयन गरेका हुन् । यसैगरी राष्ट्रिय खेल संघको सिफारिसबाट अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनयन गरिएको हो। त्यसै गरी परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरि गोविन्दप्रसाद भट्टराईलाई सदस्यमा मनोनित गरिएको छ।

मन्त्रालयको सिफारिसमा यस अघिनै मन्त्रीपरिषद्ले परिषद्को उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij