डिल बहादुर लामा-नुवाकोट । बेलकोटगढी नगरपालिका ०६ नम्बर वडामा रहेका नागरिक सचेतना केन्द्रले शारीरिक तथा मानसिक रूपमा अशक्तहरुलाई राहतस्वरूप खाद्यसामग्री वितरण गरेको छ।
प्रतिपरिवारलाई सामाजिक परिचालन कार्यक्रम अन्तर्गतको सामाजिक परिचालक सुनिमा थिङ तामाङ र उक्त सामाजिक परिचालन कार्यक्रमबाट संचालित नागरिक सचेतना केन्द्र, श्री शुभ आरम्भ अनलाइन क्लब (नुवाकोट, नेपाल) र कार्यक्रम फेज आउट पछि परिमार्जित भै जिबिकोपार्जन सचेत महिला समूहद्वारा राहत बितरण गरिएको हाे।
साबिकको दुइपिपल गाबिस हाल बेलकोटगढी नगरपालिकाको साविकको दुईपिपल गाउँ विकास समितिमा बसोबास रहेका शारीरिक एवम् मानसिक असक्त भएकाहरुलाइ राहत बितरण गरिएको हो।
उक्त स्थानीयहरुलाई चामल,नुन,तेल र साबुन राहत स्वरुप वितरण गरिएको सामाजिक परिचालक सुनिमा थिङ तामाङले जानकारी दिनु भएको छ।गता शनिबार र आइतबार गरि उक्त परिवारहरुलाई राहत वितरण गरेको तामाङले जनाएको छ।
लकडाउनका कारण समस्यामा परेका उनिहरुलाई दैैनिक गुजारा चलाउँदै आएका निम्न स्तरका परिवारलाई राहत दिन थालेको सुनिमा तामाङले बताए।
लकडाउन अवधिभर काम गर्न नसक्ने परिवारलाई र आम्दानीको अन्य स्रोत नभएकालाई राहत वितरण गरिने उनको भनाइ छ।
उनले भने, ‘विशेषगरी मानसिक तथा शारीरिक रूपमा अपाङ्ग रहेकाहरु प्राथमिकतामा रहेका छन्।
राहत सामग्रीको दुरुपयोग हुन नदिनको लागि सम्बन्धित व्यक्तिको सम्पर्कमा पुगेर राहत वितरण गरिएको उनले प्रष्ट पारे। ‘एक ठाउँमा भेला पारेर वितरण गर्दा सम्बन्धित व्यक्तिले नपाउने आशंका बढी हुने भएकोले सम्बन्धित निकायमा पुगेर दिएका छौँ,’ उनले भने। बेलकोटगढी नगरपालिकाले पनि नगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न छुट्टै बाटो अपनाय पनि कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको छ।
नगरपालिकाले कोरोना रोकथाम राहत वितरण । राहत वितरणमा वडा ०६ मा सामाजिक संघ सस्थाहरुले र स्थानीय बुद्धिजीवीहरुको आर्थिक सहयोगमा राहत वितरण कार्य तिब्र रूपमा अगाडि बढेको पनि तामाङले जानकारी दिए। । उनले लकडाउन अझै लम्बिँदै गएमा राहत वितरण कार्यलाई निरन्तर राख्दै जाने बताए। ‘लकडाउनको स्थिति हेछौँ,’उनले भने,‘कस्तो हुन्छ। नाजुक बन्दै गयो भने अझै बाड्छौँ। लकडाउन अवधिभर बाड्छौँ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij