
काठमाडौं । काठमाडौं उपत्यका पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ४१,ललितपुरमा २ र भक्तपुरको २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन् ।
थप नयाँ संक्रमितसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ सय ३२ पुगेको छ । काठमाडौंमा हाल सम्म ३ सय ९०, ललितपुरमा ९१ र भक्तपुरमा ५३ जना मा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको कारण हालसम्म काठमाडौंमा ३ जना र ललितपुरका १ जनाको मृत्यु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij