
काठमाडौं । प्रहरीलाई देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई आज पक्राउ गरिएको छ । कमलादीस्थित नविल बैंकको मोडमा प्रहरीको चेकजाँच देखेपछि सुन भएको झोला फालेर भाग्ने देवान पटेल, विजय पटेल र निलेश सखियालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्कोर्पियो चढेका उनीहरुले सेतो रंगको कपडाको झोला फ्याँकेर फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको प्रहरीको जनाएको थियो । स्कोर्पियो भने अझै फेला परेको छैन । स्कोर्पियो बारा घर भएका इल्साम हुसेनको नाममा रहेको यातायात व्यवस्था विभागको रेकर्डबाट थाहा भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij