
काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्।
हाल सम्म नेपाल प्रहरीको मुख्यालय नक्सालमा ४४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमा असई १, हवल्दार ९, प्रहरी जवान ३२ र कार्यालय सहयोगी २ जना छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij