२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारतमा भदौ १५ सम्म लकडाउन, मृतकको संख्या ३५ हजार बढी

भारतमा भदौ १५ सम्म लकडाउन, मृतकको संख्या ३५ हजार बढी

काठमाडौं । भारतले कोरोना सङ्क्रमित धेरै भएका क्षेत्रमा ३१ अगष्ट अर्थात भदौ १५ गतेसम्म नै लकडाउन लम्ब्याउने भएको छ । साथै सङ्क्रमित कम भएका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ ।

चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब रात्रीकालीन कर्फ्यु हटाउने निर्णय समेत गरेको छ ।यस्का साथै भारत सरकारले जीम र योग संस्था खोल्ने निर्णय पनि गरेको छ । तर अझै पनि ठूलो संख्यामा जमघट गर्न भने प्रतिबन्ध लगाइएको छ ।

शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत धेरै मानिस जमघट हुने ठाउँ अगष्ट ३१ तारिखसम्मै बन्द हुनेछ । साथै राजनीतिक, सामाजिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक र धार्मिक समारोह पनि गर्न पाइने छैन ।

भारतमा पछिल्लो समय संक्रमित थपिने दर उच्च रहेका छ । त्यहाँ दैनिक५० हजारको संख्यामा नयाँ सङ्क्रमित भेटिन थालेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ५२ हजार २ सय ४९ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या १५ लाख ८४ हजार नाघेको छ भने ३५ हजारको ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij