काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका २ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ७ जना, विर अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको संख्या ४ सय ८७ पुगेको छ जसमा काठमाडौंको ३ सय ४९, ललितपुरको ८९ र भक्तपुरको ५१ जना रहको छन् । कोरोनाको कारण हालसम्म काठमाडौंमा ३ जना र ललितपुरका १ जनाको मृत्यु पुष्टि भएको छ ।
त्यसै गरी नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको मन्त्रालयले बताएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij