२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पशुपति अन्नपूर्णा आश्रम संस्थाको बार्षिक साधारणसभा १७ गते हुँदै

पशुपति अन्नपूर्णा आश्रम संस्थाको बार्षिक साधारणसभा १७ गते हुँदै

आर्थिक बर्ष २०७६-७७ को लेखापरीक्षण प्रतिवेदन, कोषाध्यक्ष तथा महासचिवको प्रतिवेदन सहित यही श्रावण १७ गते पशुपति अन्नपूर्णा आश्रम संस्थाको बार्षिक साधारणसभा संस्थाको केन्द्रीय कार्यालयमा हुने भएको छ ।

संस्था विभिन्न सामाजिक गतिविधिहरुमा संलग्न रहँदै छ । यस संस्थाले विभिन्न समयमा प्राकृतिक विपतको बेला आवश्यकता बमोजिम सहयोग एवं सेवामूलक कार्यहरु गर्दै आएको छ ।

यसपटकको लकडाउनको अवधिमा पनि यस संस्थाले विभिन्न जिल्लामा पुगेर त्यहाँका गाउँपालिका एवं नगरपालिका मार्फत समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न तथा स्वास्थ्य सेवामूलक सामाग्रीहरु उपलब्ध गराउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

खाना नपाएका व्यक्तिहरुलाई खाद्यान्न सेवा उपलब्ध गराउने साथै दाल, चामल, नुन, तेल लगायतका विभिन्न खाद्य सामाग्रीहरु उपलब्ध गराएर यस संस्थाले लकडाउनको समयमा निकै महत्वपूर्ण सेवा उपलब्ध गरायो । यसैगरी संस्थाले स्वास्थ्यजन्य सामाग्रीहरु अन्तरगत साबुन, सेनिटाइजर, मास्क, सिटामोल, डिकोल्ड लगायतका सामाग्रीहरु समेत उपलब्ध गराएको थियो ।
असहाय र उत्पीडनमा परेका व्यक्तिहरुलाई संस्थाबाट प्रदान गरिएको सहयोग काठमाडौं उपत्यकामा मात्र सीमित थिएन । यस्तो सहयोग चितवन, तनहुँ, कास्की, नवलपरासी, नवलपुर, गोरखा, धादिङ, काभ्रे, सिन्धुपाल्चोक लगायतमा समेत प्रदान गरिएको संस्थाका सहसचिव केबी सम्राटले बताउनुभयो ।

संस्थाको तत्काल हुन लागेको साधारणसभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । उक्त कार्यसमिति ३ बर्षको लागि निर्वाचित हुने संस्थाका कार्यवाहक अध्यक्ष लव प्रसाद त्रिपाठीले बताउनुभयो ।

संस्थाको साधारणसभाबाट संघीय ढाँचा बमोजिम प्रादेशिक संरचनामा संस्था सञ्चालनको परिकल्पना सहित विधान संशोधनको कार्यक्रम समेत राखिएको छ ।

संस्थाको सहयोग विपतको अवस्थामा गर्ने सहयोगमा मात्र सीमित छैन । विगत लामो समय देखि नेपालका विभिन्न विश्वविद्यालय एवं सबैजसो गुरुकुलहरुमा संंस्कृत भाषा र नैतिक शिक्षाको प्रवद्र्धन, आध्यात्मिक चिन्तन र धार्मिक गतिविधिहरु विस्तारमा समेत संस्थाले योगदान पुर्याउँदै आएको छ ।

साथै संस्थाले आगामी दिनमा पनि आवश्यकता बमोजिमका नयाँ–नयाँ कार्यक्रम समेत सञ्चालनको योजना बनाएको छ ।
हाल यस संस्थाले विभिन्न विश्वविद्यालय प्राङ्गणमा सरस्वती माताको मन्दिर तथा पञ्चरत्न जडित घण्टा स्थापना समेत गर्दै आएको छ ।

यसको अलावा गुरुकुलहरुमा कपडा वितरण, खाद्यान्न प्रदान तथा आवश्यकता बमोजिम मठमन्दिर र विश्वविद्यालयहरुमा विभिन्न सहयोगमूलक गतिविधिहरु सञ्चालन गर्नको लागि संस्था निरन्तर रुपमा लागिरहने समेत संस्थाका कार्यवाहक अध्यक्ष लव प्रसाद त्रिपाठीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij