
काठमाडौं । जनता समाजवादीको रिक्त रहेको समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले आज पद तथा गोपनियताको सपथ लिएकी छिन् । सरिता गिरीलाई कारबाहीमा गरी पार्टीबाट निस्कासित गरेसँगै उक्त पद रिक्त रहेको थियो ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसदको प्रतिनिधिसभाको समानुपातिकमा नवनिर्वाचित सांसद सिटौलालाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।सपथ ग्रहण कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता बाबुराम भट्टराईलगायतका नेताहरुले उनलाई बधाइ तथा शुभकामना दिएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij