
काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको छ ।
नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले जनाएका छन् ।
पहिरोमा परि २ जना घाइते भएको र उनीहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको अध्यक्ष बिष्टले जानकारी दिए । पहिरोमा परि ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको छ ।
घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा पर्दछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij