२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पर्सामा सेना र प्रहरीसहित थप ३४ जनामा कोरोना संक्रमण

पर्सामा सेना र प्रहरीसहित थप ३४ जनामा कोरोना संक्रमण

काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,नेपाल प्रहरी र कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २० जना वीरगञ्जकै बासिन्दा रहेका छन् ।

नारायणी अस्पतालको प्रयोगशालमा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन् ।

संक्रमित हुनेमा नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना रहेका छन् । त्यसै गरी वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

आज ३४ जना संक्रमित थपिएसंगै पर्सा जिल्लामा सक्रमितको संख्या ३ सय ६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij