२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कक्षा १२ को परीक्षा असोजभित्रै, इन्जिनियरिङ अध्ययनतर्फको भदौ ७ र १५ गतेदेखि सुरु

कक्षा १२ को परीक्षा असोजभित्रै, इन्जिनियरिङ अध्ययनतर्फको भदौ ७ र १५ गतेदेखि सुरु

काठमाडौं  कोरोना महामारीका कारण सञ्चालन हुन नसकेको कक्षा १२ को परीक्षा असोजमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि सञ्चालन गर्ने गरी गर्ने गरी गृहकार्य थालेको छ।

राष्ट्रिय परीक्षा बोर्डले सरकारले १ भदौदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै उक्त तयारी थालेको हो । १५ असोज सम्म सम्पन्न गर्ने लक्ष्य सहित ‘कक्षा १२ को परीक्षा तयारी थालेको बोर्डले जनाएको छ ।

त्यसै गरी त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानतर्फको स्नातकोत्तर र स्नातक तहको परीक्षा भदौ ७ र १५ गतेदेखि हुने भएको छ।

इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले आज एक सूचना जारी गरी उक्त जानकारी दिएको हो। साथै परीक्षा तालिका साउन १५ भन्दा अगाडि नै सार्वजनिक गर्ने टियुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij