२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

खाल्से ब्रिबा मुग्यामा माया बोलको गीत TF CHANNEL युटुबबाट सार्वजानिक ।

खाल्से ब्रिबा मुग्यामा माया बोलको गीत TF CHANNEL युटुबबाट सार्वजानिक ।

डिल बहादुर लामा-काठमाडौ।लामो लकडाउन पश्च्यात तामाङ म्युजिक भिडियो खाल्से ब्रिबा मुग्यामा माया बोलको गीत भर्खरै TF CHANNEL युटुबबाट सार्वजानिक भएको छ । जयन कुमार मोक्तानको निर्देशन मा निर्माण भएको यस गीतलाई तिङाला श्हेर नामक एल्बमामा समेटिएको थियो । रामजी घलानको शब्द रहेको यस गीतलाई अमृत लामाले संगित गरेको हो भने निर्मला घिसिङले गाएकी हुन । गीतमा फोटोग्राफर युवाको कथालाई समेटेको देखिन्छ ।

मोडलीङ क्षेत्रका युवती संग प्रेम रहेको फोटोग्राफर युवाले बाहिर अरुको प्रेममा परे पनि अन्तमा आफ्नो श्रीमतीलाई आँखा दान गरेर मृत्‍यु भएको कथालाई मन छुने गरेर समेटिएको छ । लकडाउन भएकै कारण सामाजिक दुरी कायम गरी छायाङकन गरेको समेत निर्देशक मोक्तानले बताएका छन । गीतमा सुरेन्द्र तामाङ, सुस्मिता तामाङ, धुर्व सिं तामाङ घोटे, अस्मिता तामाङ, सम्झना तामाङको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij