डिल बहादुर लामा-काठमाडौं।जमुना घलानको प्रस्तुतीमा रहेको तामाङ गीत “खाल्से ब्रिबा मुम्याम माया” को म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुने भएको छ । जयन कुमार मोक्तानको निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो TF Channel युट्युवबाट असार १९ गते शुक्रवार ७:३० बजे सार्बजनिक हुदैछ ।उक्त गीतको म्युजिक भिडियो निर्देशक मोक्तानले सम्पादन समेत गरेका हुन् ।उक्त गीत रामजी घलानको शब्द, अमृत लामाको संगीत र निर्मला घिसिङको स्वर रहेका छन् भने म्युजिक भिडियो रामजी घलानद्वारा छायांकन गरेका छन् ।म्युजिक भिडियोमा कलाकारहरु सुरेन्द्र तामाङ,सुस्मिता तामाङ,अस्मिता तामाङ,धुर्वा सिंह तामाङ र सम्झना तामाङ रहेका छन्।उक्त गीतको म्युजिक भिडियो FT CHANNEL युट्युव च्यानलबाट सार्बजनिक गरिने म्युजिक भिडियोका निर्देशक तथा सम्पादक जयन कुमार मोक्तानले जानकारी दिनु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij