२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विभिन्न कार्यक्रम सहित यसरी मनाइयाे काठमाडाैंका विद्यालयहरूमा श्रीपञ्चमी

विभिन्न कार्यक्रम सहित यसरी मनाइयाे काठमाडाैंका विद्यालयहरूमा श्रीपञ्चमी

अाज श्रीपञ्चमीकाे अवसरमा विभिन्न विद्यालयहरूले  विभिन्न कार्यक्रम तथा अाकर्षक याेजना सहित नर्सरी तथा प्रि-प्राइमरी तहमा विद्यार्थी भर्ना गरेका छन् । प्राप्त जानकारी अनुसार अाज सरस्वती पूजाकाे अवसरमा अधिकांविद्यार्थीहरूलार्इ निःशुल्क भर्ना गरिएकाे छ । विद्यालयहरूले नाचगान तथा सांस्कृतिक कार्यक्रम समेत अायाेजना गरेकाे जानकारी प्राप्त भएकाे छ ।

काठमाडाैंका प्रि-प्राइमरी तहकाे अध्ययन गराउने विद्यालयकाे निम्ति अाजकाे दिन अर्थात श्रीपञ्चमीलार्इ कुम्भ मेलाकाे रूपमा नै लिँदा पनि हुन्छ । यसै कारण अधिकांश विद्यालयहरूले श्रीपञ्चमीकाे अवसरलार्इ विद्यार्थी भर्नाकाे पहिलाे अस्त्रकाे रूपमा प्रयाेग गर्ने गरेका छन् । 

श्रीपञ्चमी, बसन्त पञ्चमी, सरस्वती पूजा लगायतका विभिन्न नामले पुकारिने यस दिनलार्इ हिन्दू संस्कार बमाेजिम विशेष पर्वकाे रूपमा समेत लिने गरिन्छ । यस दिन विद्यार्थीहरूलाइ अक्षरारम्भ गराउने प्रचलन नेपाली समाजमा छ । यसैकारण यस दिनले विशेष महत्व राख्ने गरेकाे छ ।

काठमाडाैंका विद्यालयहरूले अाज दिनभर पूजाअाराधनाकाे साथ सरस्वती पूजा सम्पन्न गरेका छन् । श्रीपञ्चमीकाे दिन विद्यार्थीहरूलार्इ अध्ययन अध्यापन गराउने हाे भने विद्यार्थी ज्ञानी हुने विश्वास छ । यसकाे अलावा यस दिनलाइ शुभ दिनकाे रूपमा समेत लिइने भएकाे हुनाले कुनै नयाँ काम गर्नकाे निम्ति साइत हेर्नु नपर्ने प्रचलन छ ।

पायनियर स्कुलले निःशुल्क ड्रेस सहित विद्यार्थी भर्ना गर्ने ?

कपन स्थित सञ्चालनमा रहेकाे पायनियर पब्लिक स्कुलमा सरस्वती पूजा सम्पन्न भएकाे छ । पायनियर स्कुलले विद्यार्थी भर्नाकाे निम्ति नयाँ तरिका अपनाएकाे छ । यस विद्यालयले विद्यार्थी भर्नाकाे क्रममा विद्यार्थी भर्ना निःशुल्क गरेकाे छ भने अाज श्रीपञ्चमीकाे अवसरमा शिक्षक, विद्यार्थी र अभिभावक बीच नाचगान सम्पन्न गरिएकाे छ । विद्यार्थीका अभिभावक तथा स्थानीयलार्इ करिब १५ सय निमन्त्रणा कार्ड उक्त विद्यालयले वितरण गरेकाे जनाएकाे छ ।

यस विद्यालयले विद्यार्थी भर्नाकाे निम्ति अर्काे गज्जबकाे अफर ल्याएकाे छ । त्याे  अफर भनेकाे विद्यार्थीलार्इ उपलब्ध गराएकाे भर्ना  निःशुल्क, जुन अभिभावकहरूकाे निम्ति अाश्चर्यकाे विषय नहाेला तर यस विद्यालयले भर्नाकाे क्रममा कुनै शुल्क बिना ड्रेस समेत वितरण गर्ने याेजना ल्याएकाे छ ।  विहान ८ बजे बाट पूजा शुरू गरेकाे यस विद्यालयले उपस्थित सबैलार्इ प्रसाद वितरण गरेकाे थियाे ।

टाइम्स एकेडेमी पूर्ण मन्टेश्वरी कार्यक्रममा जाने ः

काठमाडाैंकाे तारकेश्वरमा सञ्चालित टाइम्स एकेडेमीले पूर्ण मन्टेश्वरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य श्रीपञ्चमीकाे अवसरमा ३८ विद्यार्थी निःशुल्क भर्ना गरेकाे छ । यस विद्यालयले पनि भव्य रूपमा सरस्वती पूजा सम्पन्न गरेकाे छ ।

सृजना ज्ञानसागरमा  exibition

यसै बीच तारकेश्वरमा नै सञ्चालनमा रहेकाे सृजना ज्ञानसागरले  सरस्वति पूजालार्इ The Knowledge day काे रूपमा सम्पन्न गरेकाे छ ।  बिद्यालयका र अभिभावकहरूलार्इ समेत यस दिनलार्इ विशेष बनाउने उद्देश्यले pre-primary teachers team को exibition अायाेजना गरेकाे छ । exibition लार्इ सफल बनाउनकाे निम्ति सम्पूर्ण  विद्यार्थी तथा शिक्षकहरूले निकै नै मेहनत गर्नुपरेकाे  थियाे । यस विद्यालयले  PG (Pre-Primary) मा ५० जना विद्यार्थी िनःशुल्क भर्ना गर्न सफल भएकाे छ ।

हिम रश्मीमा ७६ जना भर्ना ः

मनमैजु स्थित सञ्चालनमा रहेकाे हिम रश्मी स्कुलले अाज विद्यालय प्राङ्गणमा नै  विद्यार्थी तथा अभिभावकहरूकाे संयुक्त सहभागितामा सरस्वती पूजा कार्यक्रम सम्पन्न गरेकाे छ । यस विद्यालयले  ७६ जना नयाँ विद्यार्थी भर्ना गर्न सफल  भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij