२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ओप्स खेलकुद सप्ताह सम्पन्न

ओप्स खेलकुद सप्ताह सम्पन्न

माघ १२ देखि १८ अर्गनाइजेसन अफ प्राइभेट स्कुल (अाेप्स)काे अायाेजनामा   सञ्चालनमा रहेका सबै खेलहरू सम्पन्न भएका छन् । सप्ताहव्यापी अाप्स स्पाेर्ट्स फेस्टिवल तारकेश्वर स्थित गाेलढुङ्गा खेलकुद मैदानमा अायाेजना गरिएकाे थियाे ।

फुटबलकाे  उपाधि काैशललार्इ

कौशल इङलिस स्कुलले ओप्स खेलकुद सप्ताहको फुटबल तर्फको उपाधि जितेको छ
। मंगलवार भएको उपाधि भिड्न्तमा कौशलले प्रगति स्कुललाई १–० गोलले अाफ्नाे जित हात पार्न सफल भएकाे हाे । फुटबलमा उत्कृष्ट खेलाडि बनेका छन् सन्देश बिन्दुकार । उनी पनि काैशलकै विद्यार्थी हुन् ।

खेलमा श्रृजना ज्ञानसागरका मंन्जिल श्रेष्ठ बेष्ट गोलकिपर बन्न सफल भएका छन् । श्रृजना ज्ञानसागरकै अनिल बहादुर गुरुङ बेष्ट कोचकाे उपाधि हत्याउन सफल भएका छन् । यसै गरी मस्र्याङर्दी स्कुलका हेतवहादुर तामाङ बेष्ट मिड फिल्डर, ज्ञानमन्दिर स्कुलका मुकेश राई बेष्ट स्ट्राईकर बनेका छन् भने प्रगति स्कुलका अजुर्न लामा र आयुष लामाले क्रमश बेष्ट डिफेन्स र हाई स्कोररकाे उपाधि प्राप्त गरेका छन् ।

अनुशासन तर्फकाे उपाधि  गिनिज पब्लिक स्कुलले हात पारेकाे छ  । पहिलो हाफ गोल रहित भए पनि दोश्रो हाफको १५ अाैं मिनेटमा कौशलका रसिल सिखंडाको पासमा सन्देश बिन्दुकारले निर्णायक गोल गरेका थिए
।

एथ्लेटिक्स ः

एथ्लेटिक्सकाे प्रथम स्थान जमाउन पनि हिम रश्मी स्कुल नै सफल भएकाे छ । उसले कुल १८ अंकमा याे सफलता  बनाउन सफल भएकाे हाे । दोश्रो स्थानमा  ज्ञानमन्दिर स्कुल छ । जसले १६ अंक प्राप्त गरेकाे छ ।   तेश्रो स्थानमा कौशल स्कुल छ  । जसले १० अंक मात्र ल्याउन सफल भएकाे छ । ।

ब्याडमिन्टनकाे प्रथम उपाधि जित्न सफल  सामाखुसी बोडिङ स्कुल ः

 

ब्याडमिन्टनमा सामाखुसी बोर्डिङ स्कुल(सेब)अग्र स्थानमा रहन सफल भयो । सेबबाट छात्र एकलमा स्वर्ण जितेका लाक्पाशेर्पाले सेबकै भाबिका लामिछानेसँग मिलेर मिक्स डबलको उपाधि पनि जिते । छात्रा एकलमा ज्ञानमन्दिरकी रबिना खत्री पहिलो भईन् । सप्ताहमा छात्र फुटबलका
साथै एथ्लेटिक्स अन्तर्गत हाइजम्प, लङजम्प, सटपुट, एक सय मिटर, दुई सय मिटर र सय
मिटरको रिले समावेश गरिएको छ भने ब्याडमिन्टन प्रतियोगितामा छात्र छात्राको
सिंगल र मिक्स डबलका एभेन्टहरु सञ्चालन भएका थिए ।

बिजेताहरूलाई सभासद अमरबहादुर थापा, ओप्सका अध्यक्ष लोकेन्द्रवहादुर खड्का, कोषाध्यक्ष एवंम्
एन्जल हार्ट एकेडेमीका प्रिन्सिपल धनवहादुर पुन, प्रतियोगिता संयोजक तथा श्रृजना ज्ञानसागरका
प्रिन्सिपल राजेन्द्र फुयाँल लगायतले पुरस्कार वितरण गर्नुभएकाे थियाे ।

अहिले प्याब्सन अन्तरगतकाे  अाेप्समा २१ अाेटा विद्यालय संलग्न छन् । अाेप्सले हाल व्याडमिन्टन, भलिबल, फुटबल, टेवलटेनिस, हाजिरीजवाल लगायतका विभिन्न कार्यक्रमहरू अायाेजना गर्दै अाएकाे छ ।

विद्यार्थीकाे व्यक्तित्व तथा नेतृत्व विकासमा खेलकुदकाे महत्वपुर्ण भूमीका रहने भएकाे कारण विद्यार्थीहरूलार्इ नियमित रूपमा खेलकुदमा संलग्न गराउँदै अाएकाे सृजना ज्ञानसागरका प्रिन्सिपल राजेन्द्र फुयाँलले सेताेघर सँगकाे कुराकानीमा बताउनुभएकाे छ । पछिल्लाे समय खेलकुद अधिकांश विद्यालयकाे प्राथमिततामा नै पर्दै अाएकाे छ । अान्तरिक तथा अन्तरविद्यालय प्रतियाेगिताहरू नियमित रूपमा नै सञ्चालन गरिँदै अाइएकाे पाइन्छ ।

 

याे पनि पढ्नुहाेस्

अाेप्स स्पाेर्ट्स फेस्टिवल २०७३ सञ्चालनमा

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij