साल्ट ट्रेडिङ कर्पोरेसनले २५ प्रतिशत लाभांश दिने भएको छ।
कम्पनी सञ्चालक समितिले २० प्रतिशत बोनश शेयर र पाँच प्रतिशत नगद लाभान्स दिने जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गराएको हो।
कर्पोरेसनको नेप्सेमा आठ लाख १६ हजार आठ सय ९४ कित्ता शेयर सुचिकृत छन्। ५३ वर्ष लामो इतिहाश बोकेको कम्पनीमा ८९ प्रतिसत प्रब्रदक र २१ प्रतिसत सर्बसाधारणको लगानी रहेको छ।
कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता २३९ रुपैयाँमा भएको थियो। मंगलबारको मार्केट डेप्थमा साल्टट्रेडिङ (STC) को २४ हजार कित्ता शेयर खरिदका लागि लगानीकर्ताले आदेश दिएका छन्। तर, दिउँसो सवा एक बजेसम्म बिक्रेता भने शुन्य देखिएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij