काठमाडौँ । भारतले नेपालको भुमि मिचेर सडक बनाएको विरोधमा उत्रिएकी विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् ।
उनी लगायत केही साथीहरुलाई मंगलबार दिउँसो राजधानी काठमाडौँको माईतिघरबाट प्रदर्शन गर्ने क्रममा पक्राउ परेकी हुन् ।
प्रहरीले रञ्जु दर्शना, प्रमेश श्रेष्ठ र साधना थुलुङ राई पक्राउ गरेको विवेकशीलले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij