२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सप्तरीमा १ युवक सहित आज थपिए ११ जना नयाँ संक्रमित, हाल सम्म १ सय २१ मा काेराेना पुष्टि

सप्तरीमा १ युवक सहित आज थपिए ११ जना नयाँ संक्रमित, हाल सम्म १ सय २१ मा काेराेना पुष्टि

काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अाज कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएक थप १० जना गरी हाल सम्म नेपालमा काेराेना पुष्टि हुनेकाे सङ्ख्या १ सय २१ पुगेकाे छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो ।

संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij