२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

युवा तथा समाजसेवी बाबुराम तामाङको सम्योजगत्वमा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

युवा तथा समाजसेवी बाबुराम तामाङको सम्योजगत्वमा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

डिल बहादुर लामा-बेलकोटगढि।कोभिड-१९ अर्थात कोरोना भाइरसको कारण विश्व आतंकित भैरहदा हाम्रो देश नेपालमा पनि यसको असर बढेको छ।नेपालमा पनि यसको दिनप्रतिदिन संक्रमितको सङ्ख्या वृद्धि भैरहेको छ।यस अवस्थामा विभिन्न संघ संस्था व्यक्तिहरुले स्थानीय सरकारलाई राहत स्वरुप स्वास्थ्य सामाग्री बाडिरहेका छन्।त्यस्तै क्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य माननीय बहादुर सिंह लामाद्वारा बेलकोटगढी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहायता भएको छ।

नेपाली काङ्ग्रेसको युवा नेता बाबुराम तामाङको सम्योजगत्वमा वडा नम्बर ९ को कार्यसमिति रामचन्द्र लामा,राजन
गजुरेल,माधव तामाङ,हर्क बहादुर तामाङ र प्रेम बहादुर तामाङको रोहवरमा नगरपालिकाका प्रमुख राजेन्द्र रमण खनाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।जसमा ९ थान PPE,५०० वटा मास्क र ५ लिटर सेनिटाइजर रहेका थिए।बेलकोट स्वास्थ्य चौकीलाई समेत १ थान PPE र ११ वटा मास्क वितरण गरिएको हो। उक्त स्वास्थ्य सामाग्रीलाई पारदर्शी ढंगले स्वाथ्य चौकीलाई उपलब्ध गराउने नगर प्रमुख खनालले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij