२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

समाजसेवी लामाले गरे नगरलाई स्वास्थ्य सामाग्री सहयोग

समाजसेवी लामाले गरे नगरलाई स्वास्थ्य सामाग्री सहयोग

डिल बहादुर लामा, नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ४ मा रहेको सुकुमान मेमोरियल पोलिक्लिनिकले नगरपालिकालाई आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

बेलकोटगढीको नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थाबाट माग गरिएअनुसार शुकुमान मेमोरियल पोलिक्लिनिकले एकद्वार प्रणाली लागू पुर्व नै स्वास्थ्य संस्था मार्फत पुगेर स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएका थिए।

शुकुमान मेमोरियल पोलिक्लिनिकका संस्थापक एंव शिक्षाको लागी स्वास्थ्य (हेन–नेपाल)का अध्यक्ष समेत रहनुभएका जगत लामा, चेत बहादुर लामा, मनोज गुरुङ सहितको टोलीले आइतबार नगरपालिकालाई थप स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्। पिपिई सेट,थर्मल गन,पञ्जा , मास्क, स्यानिटाइजर, साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु नगरको उपप्रमुख कविता ढुंगानाको रोहवरमा नगरपालिकालाई प्रदान गरिएको हो।

एकद्वार प्रणाली लागू भएपछि थप स्वास्थ्य सामाग्रीहरु नगरपालिकालाई उपलब्ध गराएको पोलिक्लिनिकको संस्थापक तथा युवा समाजसेवी जगतबहादुर लामाले बताउनुभयो।

यसअघि नगरभित्र रहेका सबै स्वास्थ्यचौकीहरु र स्थानीय सरकारको रुपमा सेवा पुराउँदै आएका सम्पुर्ण वडा कार्यालयहरुका लागि पनि आवश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको लामाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij