सडक बत्ती बालेबापत काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणलाई ८६ करोड रुपैयाँ पुरानो बक्यौता तिर्न बाँकी रहेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
यो रकम कहिलेदेखिको हो भनेर महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले फाइल पल्टाउन थालेका छन् ।
प्राधिकरणमा कुलमान घिसिङ आएपछि उनले महानगरपालिकामा बिल भुक्तानीका लागि पत्र पठाएपछि यो रहस्य खुलेको हो ।
सडक बत्ती बालेकै बिजुली बक्यौता ८६ करोड रुपैयाँको बिल महानगरपालिकामा पुगेपछि कार्मचारी आश्चर्यचकित परेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij