२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

क्षमता र गुणस्तरमा व्यापक सुधार गर्दै सिजी बु्रअरी ः

क्षमता र गुणस्तरमा व्यापक सुधार गर्दै सिजी बु्रअरी ः

सिजी बु्रअरीले अहिले यस कम्पनीको उत्पादन क्षमता र गुणस्तरमा व्यापक सुधार तथा विस्तार गरेको छ । यस कम्पनीले उत्पादन क्षमता र गुणस्तर अभिवृद्धिको क्षेत्रमा ठूलो लगानी गरेसँगै अहिले यस कम्पनीले उत्पादन गरेका विभिन्न ब्राण्डहरुप्रति उपभोक्ताको आकर्षण पनि बढ्दै गएको छ । अहिले प्रदीप

पुडासैनी
वरिष्ठ महाप्रबन्धक
सिजी बु्रअरी

नेपालमा उत्पादन भएका अन्य बियरहरुको तुलनामा हामीले उत्पादन गरेका बियर उत्पादनको आफ्नै उत्कृष्ट स्थान छ । हामीसँग अहिले नेपाल आईस, रियल गोल्ड, हेवार्ड–५०००, लियोपोर्ड लगायतका ब्राण्डहरु छन् । हाल यी ब्राण्डका बियरहरु नेपालमा मात्र नभई बाह्य देशहरुमा पनि निर्यात भइरहेका छन् ।अहिले नेपालका युवाहरुले हाम्रो बियरलाई निकै राम्रो तवरले मन पराएर हौसला दिनुभएको कारण हामीले निकट भविष्यमा नै हाम्रा वजार विस्तार सम्बन्धी योजनाहरुलाई अझ नयाँ तवरले अघि बढाउनेछौं । यो साथले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं ।

स्वस्थ प्रतिष्पर्धा हुनु जरुरी ः

हरेक व्यवसायमा प्रतिष्पर्धा त हुनुपर्छ । प्रतिष्पर्धाको कारण उपभोक्ताले तुलनात्मक रुपमा कम मूल्यमा नै सेवा पाउन सक्छन् भने सेवा पदायक कम्पनीहरुलाई पनि आफ्नो गुणस्तरलाई सुधार गर्दै उच्चगतिमा सेवा विस्तार गर्नुपर्ने दवाव बढ्न जान्छ । स्वस्थ प्रतिष्पर्धाले दुवै पक्षलाई फाइदा नै हुन्छ । तर अहिलेको बजार भने अस्वस्थ किसिमले प्रतिष्पर्धामा उत्रिएको छ । यसले कसैको पनि हित गर्दैन ।
अहिले अन्य बियर कम्पनीहरु बजारमा अस्वस्थ तवरले यसरी उत्रिएका छन् कि हामीले बजार प्रवद्धनको निम्ति राखेका वोर्डहरुलाई अस्वस्थ तवरले हटाईदिने, व्यापारीहरुलाई नेपाल आईस नराख्नको निम्ति धम्कीपुर्ण भाषामा दबाब दिने लगायतका कार्यहरु हुने गरेको हामीले पाएका छौं । यसले गर्दा अहिलेको बजारमा केही कम्पनीहरुले आफ्नो दायित्व नै बिर्सेर वजार विस्तारको रणनीति अपनाएको हामीले महसुस गरेकाछौं । यस्तो कदम आफैमा घातक छ । यसबाट बियर उत्पादन गर्ने सबै कम्पनीहरुप्रति नै विश्वासको वातावरण गुम्नसक्ने अवस्थाप्रति पनि सचेत हुनु जरुरी छ । हामीले के आग्रह गर्छौं भने हरेक कम्पनीलाई आफ्नो वजारविस्तारको निम्ति आफ्नो निश्चित उद्देश्य र योजना लिएर बजारमा जाने अधिकार छ तर आफ्नो वजार प्रवद्धन गर्दा अरु कसैलाई कुनै किसिमको पनि प्रभाव पारिनु हुँदैन ।

समग्र क्षेत्रलाई फैलाउने कि खुम्च्याउने ः दायित्व राज्यको

अहिलेको अवस्थामा कर प्राप्त हुने ठूलो क्षेत्रको रुपमा यो क्षेत्र रहेको छ तर राज्यले कर उठाउन र समग्र अर्थतन्त्रलाई माथि उठाउनको निम्ति खुला अर्थनीति अपनाएको अहिलेको अवस्थामा यस क्षेत्रलाई थप फराकिलो बनाउनुको सट्टा जुन क्षेत्रबाट कर प्राप्त भईरहेकोछ, आखिर त्यही क्षेत्रमा नै दायित्व थप्दै गइरहेकोछ । यसले गर्दा भविष्यमा बजार विस्तार हुनुको सट्टा बजार नै खुम्चिएर साँघुरो हुने स्थिति पनि आउन सक्छ । यसतर्फ हामीले पनि सोच्नु जरुरी छ । यसले गर्दा कतै राज्यले राजस्व प्राप्त गर्ने काममा नै नकारात्मक प्रभाव पर्ने त होइन भन्ने आशंकापनि पैदा हुन थालेको छ । राज्यले यस कुरामा पनि विचार पु¥याउनुपर्छ। राज्यले यस क्षेत्रमा हरेक बर्ष करको दायरा बढाउँदै लगेको छ । यसले गर्दा नेपालमा अहिले नै बियरको मूल्य निकै नै महँगो भइसकेको छ र उपभोक्ताले तिर्न सक्ने क्षमता नै नाघ्ने गरी कर वृद्धि गरिने हो भने यसले अन्ततः कुनै पनि व्यवसायलाई हित गर्दैन । त्यसको प्रत्यक्ष असर राज्यलाई नै पर्न जान्छ ।
अहिले नेपालमा बियर उत्पादक कम्पनीहरुले मुलुकमा भइरहेको राजनीतिक अस्तव्यस्तता, द्वन्द, बन्द हड्तालका कारण समस्याहरु खेप्नुपरेको छ । खासगरी सामानहरुको विक्री वितरण गर्न समस्या उत्पन्न भएको छ । समयमा सामान उत्पादन गर्न सकिने अवस्था छैन । यी सबै कारणहरुले गर्दा उत्पादन लागत बढ्न गएको छ । अन्ततः यसको मुख्य प्रभाव उपभोक्तावर्गलाई नै पर्न गएको छ ।

हाम्रा उत्पादन गुणस्तरीय छन् ः पुडासैनी

हामीले कहिल्यै पनि चौधरी गु्रपबाट उत्पादित कुनैपनि सामानको गुणस्तरमा सम्झौता गरेका छैनौं । हामीले जहिले पनि उपभोक्ताको हितलाई मध्यनजर गरेर नै काम गर्दै आएकाछौं । त्यस मध्ये मैले जिम्मेवारी लिएको सिजी बु्रअरी जहिले पनि उचित मूल्यमा उच्च गुणस्तरीय वियर उपभोक्ता समक्ष पु¥याउन प्रतिवद्ध छ ।
अहिले नेपालमा उपलब्ध हुने कच्चापदार्थहरु सम्भव भएसम्म हामीले नेपालबाट नै आपुर्ति गर्ने गर्छौं तर सबै कच्चापदार्थहरु नेपालमा उपलब्ध नभएको कारण हामी विदेशमा भर पर्नुपरेको छ । कहिलेकाहीं हामीले गुणस्तरमा सम्झौता नगर्ने कारणले गर्दा पनि नेपालभन्दा बाहिरबाट स्तरीय कच्चापदार्थ नेपालमा ल्याउनुपरेको छ । उत्पादन गर्ने वस्तुको प्रकृति अनुसार हामीले नेपालमा उपलब्ध स्रोत र साधनलाई नै प्राथमिकताको साथ स्थान दिने गरेकाछौं ।
बियरको क्षेत्रका कुरा गर्ने हो भने अहिले यस क्षेत्रमा नेपालीहरुकै दक्षता बढ्दै गइरहेको अवस्था छ । त्यस कारण हामीले नेपाली श्रमिकहरुबाट नै वियरको उत्पादन गर्दै आएका छौं । स्वदेशी श्रम, सीप, पँुजी र प्रविधिको प्रयोग गर्ने योजना भएअनुसार नै हामी अघि बढिरहेकाछौं ।
अहिले हाम्रो यस सिजी वु्रअरीमा प्रत्यक्ष रुपमा रोजगारी पाउने कामदारहरुको संख्या करीब २०० को हाराहारीमा छ । हामीले कर्मचारीलाई उपयुक्त दक्षता अभिवृद्धिको निम्ति तालिमको पनि आयोजना गर्दै आएकाछौं ।यसका निम्ति हामीले बाह्य मुलुकबाट विशेषज्ञहरु पनि नेपालमा ल्याई तालिमको व्यवस्थापनि मिलाएका हुन्छौं ।
कुनै पनि उद्योगको विकासको निम्ति जनशक्ति पहिलो शर्त हो । जनशक्तिबिना कुनै पनि कम्पनीले राम्रो उत्पादन दिन सक्दैन । दक्ष जनशक्तिले मात्रै उत्कृष्ट रुपमा कामहरु गर्न सकिने कुरामा कुनै दुईमत छैन । यसैकारण अहिले पछिल्ला दिनहरुमा नेपाल सरकारले पनि दक्षता अभिवृद्धिको निम्ति लगानी बढाउँदै गएको पाइन्छ । शैक्षिक संस्थाहरुबाट पनि औपचारिक शिक्षामा नै यस किसिमका तालिमका कार्यक्रमहरु सञ्चालन गरिंदै आईएकोछ ।
अहिलेको बजार अत्यन्तै प्रतिष्पर्धी छ । यसमा पनि अस्वस्थ प्रतिष्पर्धाको कारण व्यवसाय फस्टाउनको निम्ति निकै सास्ति खेप्नुपरेकोछ । प्रतिष्पर्धा गर्ने भनेको व्यापार बढाउनको लागि नै हो । तर व्यापार बढाउनको निम्ति पनि विभिन्न रणनीतिहरुको अबलम्बन गर्नुपर्ने हुन्छ ।

समस्या ः नीतिगत देखि सचेतनामूलक सम्म

कुनै उत्पादनमा मूल्यवृद्धि भएको खण्डमा उपभोक्ताले पहिले नै प्रकाशित भएको मूल्यमा नै सामान उपभोक्तालाई दिनुपनेर्¬ अथवा कम्पनीले नयाँ मूल्य प्रकाशित गरी बजारमा पठाउनुपर्ने हुन्छ । तर बजारमा पुरानै मूल्यसूचीको मदिरामा नयाँ मूल्य तिर्नुपर्ने अवस्था पनि पाईन्छ । तर सिजी बु्रअरीमा भने यो समस्या छैन। यसो भएको खण्डमा बजारमा विश्वास गुम्न सक्ने कुरालाई मध्यनजर गरी बजार अनुगमनका विभिन्न माध्यमहरुको प्रयोगबाट बजार अनुगमन गरिरहेकाछौं ।

बजारको पनि जोखिम कामयै ः

जुनसुकै काम गर्नको निम्ति पनि जोखिम वहन गर्नुपर्नेहुन्छ। वजार उतार चढावयुक्त हुन्छ । बजारमा राम्रोसँग काम गर्ननसक्ने हो भने लगानी नै डुब्न सक्ने जोखिम रहन्छ । कतिपय नयाँ व्यवसायीसँग कामगर्ने क्रममा कुनै विक्रेताले शुरुमा कारोवारको हिसाब राम्रोसँग मिलान गर्ने र मन जित्ने तर कारोवारको रकम बढ्दै जाने क्रममा भने कम्पनीसँग हिसाब मिलान स्पष्ट नगर्ने अवस्था पनि आउन सक्छ । यस कुरामा कम्पनी विशेष सजग हुनु जरुरी छ । यद्यपि हामीले सामान उत्पादन गरेर मात्र हुँदैन, यसलाई बजारमा लैजाने क्रममा भने वितरक कम्पनीहरुलाई नै साथ लिनुपर्ने हुन्छ । यद्यपि कुनै पनि कम्पनीले जोखिम उठाउने साहस गरेर नै आफ्नो व्यवसाय गर्नुपर्ने हुन्छ । कुनै बेला व्यवसायको क्रममा संकट आउन सक्छ । कुनै बेला कम्पनीबाट उधारोमा वितरकलाई दिएको सामानको रकम भुक्तानी नहुन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij