२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

फेडेररले जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि

फेडेररले जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि

काठमाडौं । अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्वीस खेलाडी रोजर फेडेररले जितेका छन् । आइतबार भएको फाइनलमा स्पेनिस खेलाडी रफाइल नदाललाई पराजित गर्दै फेडेररले उपाधि जितेका हुन् ।

पूर्वविश्व नम्बर एकहरुको भिडन्तमा फेडेरर ६–४, ३–६, ६–१, ३–६ र ६–३ ले विजयी भए । योसँगै सर्वाधिक ग्रान्डस्लाम जितको कीर्तिमानलाई अझ थप्नेक्रममा फेडेररले ग्रान्डस्लाम संख्यालाई १८ पुर्‍याएका छन् ।

१४ पटकका ग्रान्डस्लाम विजेता नदाललाई हराएसँगै फेडेररले अस्ट्रेलियन ओपन उपाधिको संख्या पनि पाँच पुर्‍याएका छन् ।३५ वर्षीय फेडेररले सन् २०१२ को विम्बल्डन टेनिसपछि पहिलो ग्रान्डस्लाम जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij